अष्ट्रेलियाविरुद्धको तीन वान डे श्रृंखलाको लागि भारतीय टोलीको घोषणा

भारत र अष्ट्रेलियाबीच २२ सेप्टेम्वरदेखि हुने एक दिवसिय क्रिकेट श्रृंखलाको लागि भारतले आफ्नो टोलीको घोषणा गरेको छ ।

भारतले यो श्रृंखलामा विश्वकप क्रिकेटलाई मध्यनजर गर्दै नियमित कप्तान रोहित शर्मा र स्टार खेलाडी विराट कोहली समेत अन्य केहि खेलाडीहरुलाई आराम दिएको छ ।

कप्तान रोहित शर्माको अनुपस्थितिमा टोलीको कप्तानी केएल राहुलले गर्नेछन । अन्तिम तथा तेस्रो एकदिवसियको कप्तानी भने रोहित शर्माले नै गर्नेछन । पाँच ओक्टुबरदेखि शुरु हुने विश्वकप क्रिकेटको लागि यो एकदिवसिय श्रृंखलालाई निकै महत्वपूर्ण मानिएको छ ।

तीन एकदिवसिय श्रृंखलाको पहिलो खेल २२ सेप्टेम्वरमा मोहाली, दोश्रो २४ सेप्टेम्वरमा राजकोट र अन्तिम खेल २७ सेप्टेम्वरमा इन्दौरमा हुनेछ ।

पहिलो दुई एकदिवसियको लागि भारतीय टोलीमा केएल राहुल (कप्तान), हार्दिक पाण्डे, रितुराज गायकवाड, श्रेयस अथ्यर, सूर्यकुमार यादव, इशान शर्मा, रविन्द्र जडेजा, शार्दुल ठाकुर, जसप्रीत बुमराह, मोहम्मद सिराज, मोहम्मद शमी, तिलक वर्मा, प्रशिद्ध कृष्णा, रविचन्द्रन आश्विन र वाशिङ्गटन सुन्दर रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :