खेलकुद क्षेत्रमा सुन्दरी खेलाडीहरुको चर्चा पटक पटक भइरहन्छ । यतिबेला विश्व खेलकुदमा रोमानियाकि महिला पौडी खेलाडीको चर्चा पनि त्यसरी नै चुलिएको छ । एन्ड्रियाको अदभूत र सुन्दरताले गर्दा उनी चर्चामा आएकि हुन् । त्यसैले अहिले एन्ड्रियालाई विश्वको सबैभन्दा सेक्सी पौडी खेलाडीको संज्ञा दिइएको छ ।
रोमानियाकि २० वर्षीय एन्ड्रियाले सानो उमेरमै पौडी खेलमा गरेको उत्कृष्ट प्रदर्शनका कारण चर्चामा आएकि थिइन् । उनको यहि उत्कृष्ट प्रदर्शनका कारण शोसल मिडियामा प्रशिद्धि कमाइ सकेकि छिन्। एन्ड्रिया पौडी खेल्नुको साथै अहिले क्यालिफोर्नियाको सेन जोस स्टेट युनिभर्सिटीमा अध्ययनरत छिन् ।

पौडीका साथै सुन्दरी खेलाडीको रुपमा समेत चर्चा बटुल्दै आएकि एन्ड्रियाले गत वर्ष सेन स्टेट मिस क्यालिफोर्निया युएस नेशन पेजेन्टको उपाधि समेत जितेकि थिएन। यो उपाधि जितेपछि उनले मोडलिङको दुनियामा पनि प्रवेश गरेकि थिइन् । अहिले उनी सुन्दर मोडलको रुपमा समेत विश्वभरि परिचित छिन् ।
सन् २०२२ मा एन्ड्रियाले पौडीमा उत्कृष्ट प्रदर्शन गरेकि थिइन् । उनले सिएससीएए नेशनल च्याम्पियनसिपको १०० मिटर बटर फ्लाईतर्फ ५६ः९५ सेकेन्ड निकालेर व्यक्तिगत रुपमा सर्वश्रेष्ठ प्रदर्शन गरेकि थिइन् ।
सन २०२३ भने उनको प्रदर्शनमा ह्रास आएको छ । यो पटक सिएससीएए नेशनल च्याम्पियनसिपको २०० मिटर मिड्ले रिलेमा प्रतिस्पर्धा गरेकि उनले १ः४३ निकालेकि थिइन् । उक्त प्रतियोगितामा उनले ३१ औं स्थानमा रहेकि थिइन् ।

शोसल मिडियामा एन्ड्रियाका हजारौं फ्यान फोलिङ रहेको छ । इंस्टाग्राममा उनलाई ७८ हजार भन्दा व्यक्तिहरुले फलो गरेका छन् । उनी इंस्टाग्राममा नियमित रुपमा आफ्ना हट र सेक्सी तस्वीरहरु पोस्ट गर्दै आएकि छिन् ।