चीनको हाङझाउ शहरमा २३ सेप्टेम्वरदेखि ७ ओक्टोेवरसम्म १९ औं एशियाली खेलकुद प्रतियोगिताको आयोजना हुँदैछ । तर प्रतियोगिताका केहि खेलहरु भने आज १९ सेप्टेम्वरदेखि शुरु हुँदैछन। जस्मा फुटबल खेल पनि आजदेखि शुरु हुँदैछ ।
एशियाडमा आज आयोजक चीन र भारतबीच फुटबलमा भिडन्त हुँदैछ । उक्त खेल नेपाली समय अनुसार बेलुकि ५:१५ देखि शुरु हुँदैछ ।
यसअघि एशियन गेम्समा भारत र चीनको भिडन्त सन् २००२ मा भएको थियो । उक्त खेलमा चीनले भारतलाई २–० ले पराजित गरेको थियो ।
यो पटक भारतीय टोलीको नेतृत्व कप्तान सुनिल क्षेत्रीले गरिरहेका छन । एशियन गेम्समा भारतलाई फुटबलको पदकको दाबेदारको रुपमा हेरिएको छ ।