एसियाडः फुटबलमा चीनद्वारा भारत ५–१ ले पराजित

१९ औं एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबलतर्फ चीनले भारतलाई ५–१को अन्तरले पराजित गरेको छ । स्वर्ण पदकको दाबेदार आयोजक टोली चीनको लागि पहिलो गोल गियाओ तियानयी १७ औं मिनेटमा गरेका थिए ।

पहिलो हाप निकै प्रतिस्पर्धात्मक रहेको खेलमा भारतले पहिलो हापको ४५ मिनेटमा गोल फर्काएर खेल बराबरीमा ल्याएको थियो । भारतको तर्फवाट राहुल केपीले गोल गरेका थिए ।

तर दोश्रो हापको ५१औं मिनेटमा डेई वेइजुङले दोश्रो गोल गर्दै चीनलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७२औं र ७५ औं मिनेटमा ताओ कियाङ्गलोङले लगातार दुई गोल गर्दै चीनलाई ४–१को अग्रता बनाएको थियो ।

त्यस्तै इन्जुरी समयमा हाओ फेङले गोल गर्दैै चीनलाई ५–१ ले जित दिलाएका थिए । त्यस्तै यहि ग्रुपमा रहेका म्यान्मार र बंगलादेशबिच भएको खेलमा म्यान्मारले जित हासिल गरेको छ ।

म्यान्मारले बंगलादेशलाई ४–२ को अन्तरले पराजित गरेको हो । अब भारतले आफ्नो समुहमा म्यान्मार र बंगलादेशविरुद्ध खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :