एशियाली खेलकुदः महिला क्रिकेटमा मंगोलिया १५ रनमा समेटियो

एशियन गेम्स २०२३ अन्तर्गत इन्डोनेशिया र मंगोलियाबिच भएको महिला क्रिकेट खेलमा इन्डोनेशिया ठूलो रन अन्तरले विजयी भएको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको इन्डोनेशियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८७ रनको स्कोर खडा गरेको थियो । १८८ रनको विजय लक्ष्य पाएको मंगोलिया १० ओभरमा १५ रन बनाउँदै अल आउट भएको थियो ।

यो खेलमा मंगोलियाका ७ खेलाडी सून्यमा आउट भएका थिए । मंगोलियाको तर्फवाट बल्जार्गल इचिन्खोरलु सर्वाधिक ५ रन बनाएकि थिइन् । त्यस्तै मंगोलियाले ५ एस्ट्रा रन पाएको थियो ।

महिला टी २० क्रिकेटमा माल्दिब्स र मालीले सवैभन्दा कम रन बनाएर किर्तिमान बनाएका छन् । यी दुवै देशले ६ रन बनाएर अलआउट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :