एसियाड: बक्सिङ्गमा संगीता, दिपक र मिनु पराजित

काठमाडौं । बक्सिङमा नेपाली मुक्केबाज संगीता सुनार र दिपक श्रेष्ठले पराजय भोगेका छन् । संगीता भियतनामकी खेलाडी लिन्हसँग अंकको आधारमा पराजित भएकी हुन्।

आइतबार दिउँसो हाङजाओ जिम्नेजियममा भएको महिला ६० केजी तौल समूहअन्तर्गत राउन्ड अफ ३२ को भिडन्तमा सुनार भियतनामकी हा थि लिन्हले ५–० अंक ले पराजित गरेकी हुन्।

त्यसैगरी पुरुषको ८० केजी तौल समूहमा पनि नेपालका दिपक श्रेष्ठ उज्वेकिस्तानका टुराबेक खबिबुल्लएइभसँग ५–० अंककै आधारमा पराजित भए । राउन्ड अफ ३२ को भिडन्तमा दिपकलाई टुराबेकले युनानिमोस डिसिजन को आधारमा पराजित गरेका हुन् ।

महिला ५४ केजीमा नेपालकी मिनु गुरुङको पनि चुनौती समाप्त भएको छ । १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी मिनु जापानकी किनोसिता रिंकासंग ५–० ले पराजित भइन् । व्यक्तिगत स्पर्धामा नेपालबाट सबै भन्दा बढी खेलाडी सहभागी खेल बक्सिङ हो । पुरुष ७ र महिला ६ गरी १३ खेलाडी सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :