एसियाड: बक्सिङ्गमा नेपालका रबिन थापा विजयी

काठमाडौं । चीनस्थित हाङझाउ सहरमा जारी १९ औं एसियायी खेलकुद अन्तर्गत बक्सिङ्गमा नेपालका रबिन थापा विजयी भएका छन्।

सोमबार भएको पुरुष ५१ केजी तौल समूहको खेलमा रबिनले इन्डोनेसियाका कोएबानु डियोलाई पराजित गरेका हुन्।

राउन्डर अफ ३२ को खेल रबिनले ४–१ ले जिते ।

आज नै महिलातर्फको ६६ केजी तौल समूहको राउण्ड अफ १६ मा नेपालकी बिनिता मगरले ताइवानकी चेन चिएनसँग खेल्दै छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :