एसियाड: पौडीका नासिर हिट चरणबाटै बाहिरिए

काठमाडौं । पौडीमा शुक्रबार नेपालका नासिर याहा हुसेन हिट चरणबाटै बाहिरिएका छन्।

हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर अक्वाटिक एरेनामा पुरुष चार सय मिटर फ्रिस्टाइलको हिट–२ मा उनले निर्धारित दूरी चार मिनेट २२.०२ सेकेण्डमा पूरा गरे।

उनी आफ्नो हिटमा चौथो भएका थिए। उनी २५ मध्ये २२औं स्थानमा रहे।

नासिरको इभेन्ट्ससँगै १९औं एसियाडमा नेपाली खेलाडीको चुनौती समाप्त भएको छ। पौडीमा नेपालबाट चार खेलाडीले आठ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए।

महिला बास्केटबल:
महिला थ्री बाई थ्री बास्केटबलमा नेपाल समूह चरणको सबै खेलमा पराजित भएको छ । जिओग्राफिक इन्फर्मेसन पार्क बास्केटबल कोर्टमा समूह ‘बी’ को अन्तिम खेलमा नेपाल चाइनिज ताइपेईसँग २२–२ को फराकिलोअन्तरले पराजित भयो।

नेपालले प्रतियोगितामा सबैभन्दा कम स्कोर यही खेलमा गर्यो। नेपालका लागि कप्तान श्रेया खड्का र मिना गुरुङले समान एक स्कोर गरे।

यसअघि नै जापान र कजाखस्तानसँग पराजित भएको नेपाल लगातार तेस्रो हारसंगै प्रतियोगिताबाट बाहिरिएको छ। नेपाल पहिलो खेलमा जापानसँग २२–४ तथा दोस्रो खेलमा कजाखस्तानसँग नेपाल १७–१० ले पराजित भएको थियो।

ह्यान्डबल:
ह्यान्डबलमा नेपाली महिला टोलीले हङकङसँग समूह ‘बी’ को खेलमा २७–१८ ले पराजित भयो।

नेपालले हङकङलाई पहिलो हाफमा रोक्न सकेन । हङकङले पूर्ण रुपमा खेल नियन्त्रण राख्दा नेपालविरुद्ध १४–६ को प्रदर्शन गर्यो।

दोस्रो हाफमा नेपाली महिला खेलाडीले गतिलो प्रदर्शन मात्र गरेन, हङकङलाई कडा चुनौति पनि दिएको थियो । दोश्रो हाफमा नेपालले १३–१२ को अग्रता लिएपनि जितका लागि पर्याप्त भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :