च्यालेन्ज कप भलिबल: उज्वेकिस्तानसँग साेझाे सेटमा हार्यो नेपाल

काठमाडौं । नेपाल श्रीलंकामा जारी सेन्ट्रल एसियन (काभा) पुरुष च्यालेन्ज कप भलिबल २०२३ अन्तर्गत लिग चरणको आफ्नो पाँचौ तथा अन्तिम खेलमा साेझाे सेटमा पराजित भएको छ।

श्रीलंकास्थित सुगाथादसा इन्डोरमा आज (शनिबार) भएको आफ्नो पाँचौ खेलमा नेपाल उज्वेकिस्तानसँग ३-० को साेझाे सेटमा पराजित भएको हो।

नेपाल क्रमशः २२-२५, २३-२५ र २४-२६ को सेटमा पराजित भएको हो। प्रतियोगितामा नेपालको यो तेस्रो हार हो। यस हारसँगै नेपालको शिर्ष दुईमा रहदै फाइनल खेल्ने सम्भावना समाप्त भएको छ।

चौथो खेलमा साउदी अरेबियासँग ३-२ को सेटमा पराजित भएको नेपालले त्यसअघि पहिलो खेलमा बंगलादेशलाई ३-१ को सेटमा हराउँदा दोस्रो खेलमा घरेलु टोली श्रीलंकासङ्ग ३-० को सोझो सेटमा पराजित हुँदा तेस्रो खेलमा अफगानिस्तानलाई ३-२ को सेटमा हराएको थियो।

राउन्ड रोविन लिगको आधारमा जारी प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ ।राउन्ड रोविन लिगपछि अंक तालिकाको शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि भिड्नेछन्।

यस्तै त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा फाइनल र तेस्रो स्थानको खेल असोज २८ गते हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :