पारा खेलाडीलाई दिलिप स्मृतिको बिदाइ

काठमाडौं । तेक्वान्दोमा सक्रिए दिलिप स्मृति प्रतिष्ठानले चौथो एसियाली पारा खेलकुदमा सहभागी हुने पूर्व तेक्वान्दो खेलाडीलाई सोमबार बिदाई गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष एवं तेक्वान्दो प्रशिक्षक राजेन्द्र खत्रीले पूर्व तेक्वान्दो खेलाडी साङबु भोटे, सुरज भाट र सीता भण्डारीलाई सफलताको शुभकामना दिदै एक कार्यक्रमबीच बिदाइ गरे ।

चीनको हाङझावमा अक्टोबर २२ देखि २८ तारिखसम्म हुने पारा खेलकुदमा साङबु र सुरजले एथलेटिक्समा प्रतिस्पर्धा गर्दै छन् ।

सीता प्रशिक्षकको भूमिकामा छिन् । उनीहरु आजै राती ११ः०० बजे चीन प्रस्थान गर्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :