पलेशालाई प्रधानमन्त्री दाहालको बधाइ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा ऐतिहासिक पदक जित्न सफल पलेशा गोवर्धनलाई बुधबार बधाइ दिएका छन्।

प्रधानमन्त्री दाहालले पलेशालाई सिंहदरबारमा भेटी बधाइ दिएका हुन् । सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि प्रधानमन्त्री दाहालले बधाइ दिए थिए ।

पलेशाले के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि कांस्य पदक जितेकी थिइन् । पलेशाले जितेको पदक नेपालले एसियाली पारा खेलकुदमै जितेको पहिलो पदक हो।

भेटका अवसरमा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतको उपस्थित रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :