फिल्मी कथा जस्तै थियो, सौरभ र डोनाको प्रेम विवाह

भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सौरभ गांगुलीको प्रेम कथा निकै रोचक र अविष्मरणीय छ । उनले आफ्नो प्रेमलाई सफलताको मूर्तरुप दिन चालेको कदम आफैमा अपत्यारिलो छ, तर त्यो सत्य हो । सौरभले आफ्नो घर परिवारलाई थाहै नदिई विवाह गरेका थिए ।

सौरभ गांगुली भारतीय क्रिकेटका सफल कप्तान मध्यका एक हुन् । यो बाहेक उनको ब्याटिङ्ग गर्ने शैली र पार्ट टाइम बलरको रुपमा पनि उनी उत्तिकै चर्चित छन् । यिनै चर्चित ब्याट्म्यान सौरभको खेल जीवन जति चर्चित छ लभ स्टोरी पनि त्यत्तिकै चर्चित छ । साँचो अर्थमा भन्नुपर्दा कुनै फिल्मको कहानी भन्दा कम छैन ।

भारतीय क्रिकेटमा दादाको रुपमा परिचित सौरभले आफ्नो प्रेम पाउनको लागि ठूलो रिस्क मोलेका थिए । उनले घरपरिवारमा बिना जानकारी १२ अगस्त १९९६ मा प्रेमिका डोनासङ्ग विवाह गरेका थिए । सौरभ र डोना छिमेकि हुन्, उनीहरु एक अर्कालाई बचपन देखि नै जान्दथे । उनीहरुको दोस्ती निकै राम्रो थियो ।

सौभर र डोनाको परिवार दुवैको हिमचिमलाई मन पराउँदैनथे । र पनि, उनीहरुको दोस्तीमा कुनै कमि आएन । थाहा नै भएन, उनीहरु स्कुले जीवनदेखि नै एक अर्कालाई मन पराउन थाले । यसको बावजुद उमेरसङ्गै उनीहरुको दोस्ती प्रेममा बदलियो ।

उनीहरुको प्रेम फक्रिदै जाँदा उनीहरुलाई सबैभन्दा बढी चिन्ता आ(आफ्नो परिवारको थियो । किनकी दुवै परिवार उनीहरुको सम्बन्धको विरोधमा थिए । परिवारले उनीहरुको सम्बन्धमा मञ्जुरी दिने कुनै संकेत नै थिएन ।

यस्तो अवस्थामा सन् १९९६ मा भारतीय टोलीको इङ्गल्याण्डको भ्रमणको क्रममा सौरभले डोना समक्ष विवाहको प्रस्ताव राखे । यसरी इङ्गल्याण्ड भ्रमण सकिएपछि दुवैले गुपचुप रुपमा कोर्ट म्यारिज गरे । यसपछि सौरभ र डोनाले विवाह गरेको समाचार मिडियामा आएको थियो ।

सौरभ र डोनाले कोर्ट म्यारिज गरेको थाहा पाएपछि परिवारले यो विवाहलाई मञ्जुरी दिएको थियो । डोनालाई सौरभको परिवारले बुहारी स्वीकार गरेको थियो ।

त्यसपछि विवाहको सबै कुरा पर्दाफास भएपछि दुवै परिवारको मञ्जुरीमा २१ फेब्रुअरी १९९७ मा दुवैको धार्मिक रितिरिवाज अनुसार विवाह भएको थियो । स्मरण रहोस्, सौरभ आफ्नो विवाहलाई उत्कृष्ट गल्ती मान्छन् । उनले यो कुरा राष्ट्रिय मिडियामा खुलासा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :