बडिबिल्डिङ्गको चर्चित प्रतियोगिता ‘मिस्टर ओलम्पिया २०२३’ अमेरिकाको फ्लोरिडाको काउन्टी क्न्वेशन सेन्टरमा सम्पन्न भएको छ ।
विश्वका स्टार बडिबिल्डर खेलाडीहरुले सहभागिता जनाएको उक्त ‘मिस्टर ओलम्पिया २०२३’ उपाधि अमेरिकाका स्टार बडिबिल्डर डेरेक लन्सफोर्डले जितेका छन् । निकै प्रतिस्पर्धात्मक भिडन्तमा डेरेकले मिस्टर ओलम्पियाको उपाधि जितेसङ्गै ४ लाख अमेरिकी डलरको नगद पुरस्कार प्राप्त गरेका छन् ।
त्यस्तै पूर्व मिस्टर ओलम्पिया उपाधि विजेता हादी चुपन दोश्रो स्थानमा रहेका छन् । दोश्रो स्थानमा रहेका हादीले १ लाख ५० हजार अमेरिकि डलर प्राप्त गरेका छन् । प्रतियोगितामा पहिलो स्थानमा रहेका डेरेक र हादीबिच निकै प्रतिस्पर्धा भएको थियो ।
त्यस्तै तेस्रो स्थान नाइजेरियाका सेमसन डाउडाले हासिल गरे । उनले १ लाख अमेरिकि डलर प्राप्त गरे । यसैगरि चौथो स्थानमा रहेका अमेरिका ब्रेन्डन करीले ४० हजार र पाँचौं स्थानमा रहेका नाइजेरियाका एन्ड्यूले ३५ हजार अमेरिकी डलर प्राप्त गरे ।