काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा शुरु भएको छ । एन्फाको विषेश साधारण सभा आज (बिहीबार) बिहान करिब १२ बजेबाट हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा शुरु भएको हो ।
साभारण सभामा एक मात्र एजेण्डा एन्फाका अध्यक्ष पंकजबिक्रम नेम्वाङ्गविरुद्ध आएको अविश्वासको प्रस्तावको विषयमा छलफलका साथै निर्णय हुनेछ । केहि महिना अघि एन्फाका ४९ सदस्यले १९ आरोपसहित अध्यक्ष नेम्वाङ्ग र महासचिव किरण राई बर्खास्तीको प्रस्ताव दर्ता गराएका थिए ।
यसै प्रस्तावमा निश्चित निर्णय लिनका एन्फाले बिहीबार हेटौडामा विशेष साधारणको आयोजना गरेको हो । एन्फाका १ सय ५ सदस्य मध्य ८७ सदस्यले निर्वाचनमा भाग लिनेछन् भने अविश्वासको प्रस्ताव पारित हुन ५८ मत आवश्यक रहेको छ ।
यस्तै एन्फाका मताधिकार प्राप्त सदस्यहरुले मतदानमार्फत अध्यक्ष नेम्वाङ्गविरुद्ध आएको अविश्वासको प्रस्ताव पारित हुनबाट रोक्न सक्नेछन् । २०७९ असार ६ गते निर्वाचित एन्फा अध्यक्ष नेम्वाङ्गले कार्यका सम्हालेको दुई वर्ष पनि नबित्दै अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने अवसथामा पुगेका छन् ।