काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ्गविरुद्ध परेको अविश्वासको प्रस्ताव अस्विकृत भएको छ ।
हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा बिहीबार भएको भएको विशेष साधारण सभामा अध्यक्ष पंकजविरुद्ध परेको अविश्वासको मत पारितका लागि मतदान भएको थियो ।
जहाँ कुल ५३ मत खसेमा ५२ जनाले नेम्वाङ्गको पक्षमा आफ्नो मत राख्दा १ मत भने बदर भएको छ । यससँगै नेम्वाङ्गको बर्खास्तीका लागि परेको अविश्वासको प्रस्ताव अस्किृत भएको हो ।
८७ मध्ये असन्तुष्ट ३४ सदस्यले साधारण सभामा सहभागिता नै नजनाएको बताईएको छ । गत भदौ २५ गते एन्फाका ४९ सदस्यले १९ आरोपसहित अध्यक्ष नेम्वाङ्ग र महासचिव किरण राई बर्खास्तीको प्रस्ताव दर्ता गराएका थिए ।
यसै प्रस्तावमा निश्चित निर्णय लिनका एन्फाले बिहीबार हेटौडामा विशेष साधारणको आयोजना गरेको हो । एन्फाका १ सय ५ सदस्य मध्य ८७ सदस्यले निर्वाचनमा भाग लिन पाउने व्यवस्था रहेको थियो भने अविश्वासको प्रस्ताव पारित हुन ५८ मत आवश्यक रहेको थियो ।
२०७९ असार ६ गते निर्वाचित एन्फा अध्यक्ष नेम्वाङ्गले कार्यका सम्हालेको दुई वर्ष पनि नबित्दै आन्तरिक बिबादका कारण अविश्वासको प्रस्तावको सामना गर्नुपरेको हो।