एनओसीको मेडिकल कमिसनका अध्यक्ष डा.सरोजको निधन

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को मेडिकल कमिसनका अध्यक्ष डा.सरोज कृष्ण श्रेष्ठको निधन भएको छ ।

एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठका अनुसार ६९ वर्षीय श्रेष्ठको बिहीबार उपचारको क्रममा बिएण्डबीमा अस्पतालमा निधन भएको हो ।

ओम अस्पतालमा कार्यरत रहेका हाडजोर्नीका विशेषज्ञ डा. श्रेष्ठ ललितपुरको सातदोबाटोस्थित तल्छीखेलबाट कार्यालय जान बिहान करिब ९:३० बजे कारमा बसेका थिए ।

त्यसै समय उनलको आफ्नो स्वास्थ्यमा असहज महसुस गरेपछि उनलाई उपचारका लागि बिएण्डबी अस्पतालमा लगिएको थियो। नेपाली खेलकुदको क्षेत्रमा एन्टी डोपिङका बारेका समेत राम्रो जानकारको रुपमा परिचित श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी छन् ।

विदेशमा रहेका छोरा नेपाल आईपुगेपछि उनको दाहसंस्कार गरिने एनओसी महासचिव श्रेष्ठले बताए । श्रेष्ठ गत महिना चीनको हाङचाउमा भएको १९ औं एसियाली खेलकुदमा पनि सहभागी भएका भएका थिए ।

यस्तै उनले केहि साताअघि चीनको हाङचाउमै भएको पारा एसियाली खेलकुदमा पारा एसियन एन्टी डोपिङ कार्यवहाक प्रमुखको रुपमा कार्यरत समेत काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :