भारतीय क्रिकेट कन्टोल बोर्डले आज हुने एकदिवसिय विश्वकप क्रिकेटको फाइनललाई भब्य बनाउन कुनै कसर बाँकि राखेको छैन । अहमदावादको नरेन्द्र मोदी स्टेडियमलाई दुलही जस्तै सिङ्गारेको छ । जस्मा आज बलिउडका कलाकारहरुले प्रस्तुती गर्नेछन् ।
सो अवसरमा लेजर सो, आतिसबाजी र अन्य कयौं आकर्षण प्रस्तुतीहरु देख्न पाइने छन् । फाइनल खेलको अवसरमा एक लाख भन्दा बढी दर्शकहरुको उपस्थिति रहने छ भने विदेश विदेशका विशेष अतिथिहरुको रङ्गशालामा उपस्थिति रहने छ ।
फाइनलको सुरक्षाको लागि आज गुजरात पुलिस, रेपिड एक्सन फोर्स र होम गार्डका ६ हजार भन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएको छ । जस्मा ३ हजार सुरक्षाकर्मी स्टेडियमको भित्र र अन्य सुरक्षाकर्मीलाई होटलदेखि खेलाडी र विशेष अतिथिको सुरक्षाको लागि परिचालन गरिने छ ।
फाइनल खेलको अवसरमा ३० बर्षभन्दा बढीको समयदेखि लेजर शोको कार्य गरिरहेका युकेको कम्पनीले डिङ्गक्स ब्रेकका दौरान ९० सेकेन्डको लेजर शो देखाउने छन् । यसभन्दा अघि ५०० डान्सर्सका साथ संगीतकार प्रीतम, गायिका जोनिता गान्धीले प्रदर्शन गर्नेछन् ।
त्यस्तै भारतको वार्षिक विश्व फायरवर्क प्रतिस्पर्धाको विजेता ब्ल्याकपुलले अन्तिममा फायरवर्क आर्टस्को प्रदर्शन गरेर दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने कार्यक्रम रहेको छ । यसपछि १२०० डोनले विश्वकप आकाशमा कोलाज बनाउने छन् ।