एमबाप्पेको ह्याट्रिक, जिब्राल्टरको पोस्टमा फ्रान्सको १४ गोल

युरो कप छनौट अन्तर्गत शनिबार राति भएको समूह बी को खेलमा फ्रान्सले शानदार जित हासिल गरेको छ । केलियन एमबाप्पेको ह्याट्रिकसहित फ्रान्सले जिब्राल्टरविरुद्ध १४–० गोलको शानदार जित हासिल गरेको हो ।

खेलको १८ औं मिनटमै सान्तोष रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि पाहुना टोली जिब्राल्टर १० खेलाडीमा समेटिएको थियो । यसअघि नै युरो कपमा छनौट भईसकेको फ्रान्सको अन्तराष्ट्रिय फुटबलमा यो नै सबैभन्दा ठुलो जित हो ।

अहिलेसम्म खेलिएको छनौटको ७ खेलमा शतप्रतिशत जितसहित २१ अंक जोडेको फ्रान्स समूहको शीर्ष स्थानमा रहेको छ । यता पराजित जिब्राल्टर अंक विहीन हुँदै तालिकाको पुछारमा रहेको छ।

शनिबार राति नै भएको समूह बीको अर्को खेलमा रिपब्लिक अफ आयरल्याण्डलाई १-० गोलले पराजित गर्दै नेदरल्याण्ड्सले युरोकपमा आफ्नो स्थान पक्का गरेको छ।

खेलको ११ औं मिनेटमा वाउट वेघोस्र्टले गरेको गोल नै नेदरल्याण्ड्सको जितका लागि पर्याप्त भयो । जितसँगै १५ अंक जोडेको नेदरल्याण्ड्स समूहको दोस्रो स्थानमा उक्लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :