विश्वकप फाइनल: अष्ट्रेलियाले टस जित्दै बलिङ्ग रोज्यो

आईसीसी एकदिवसिय विश्वकप क्रिकेट २०२३ को फाइनल खेलको टस अष्ट्रेलियाले जितेको छ । अहमदावादको नरेन्द्र मोदी स्टेडियममा हुने फाइनल खेलमा अष्ट्रेलिया टस जितेर भारतलाई ब्याटिङ्गको निम्तो दिदै बलिङ्ग रोजेको छ ।

निकै महत्वपूर्ण मानिएको टस अष्टेलिया जितेपनि किन कप्तान प्याट कमिङ्गले बलिङ्ग रोजे त्यो अहिले चर्चाको विषय बन्न पुगेको छ । किनकी यो पीचमा जस्ले टस जिते त्यसले पहिले ब्याटिङ्ग गर्दै आएका छन । टस हारेपछि भारतीय कप्तान रोहित शर्माले आफुले टस जिते पहिले ब्याटिङ्ग गर्ने बताएका छन् ।

टस जितेर बलिङ्ग रोजेपछि सोधिएको प्रश्नमा कमिङ्गले भने– यति बेला मलाई विकेट अलि सुख्खा लागि रहेको छ । साथै ओस फ्याक्टर पनि भएकोले पछि ब्याटिङ्ग गर्न सहज हुने भएकोले आफुले पहिले बलिङ्ग रोजेको बताए । साथै कमिङ्गले आफुले पहिले बलिङ्ग रोजेर कुनै गल्ती नगरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :