युरो कप छनोट अन्तर्गत आईतबार भएको समूह जेको खेलमा पोर्चुगल विजयी भएको छ ।
यससँगै पोर्चुगल युरो कप छनौटको कुल १० खेलमा शतप्रतिशत जित हासिल गर्न समेत सफल भएको छ ।
आईतबार भएको समूहको अन्तिम खेलमा पोर्चुगलले आइसल्याण्डमाथि २–० को जित दर्ता गरेको हो ।
पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेज ३७ औं र रिकार्डो होर्टाले ६६ औं मिनेटमा गोल गरे ।
पोर्चुगल छनौटको दशै खेलमा जित निकाल्दै युरोकपमा पुगेको छ ।
पोर्चुगलपछि फ्रान्सले पनि युरो कप छनौटको सबै खेलमा जित निकाल्न सफल भएको छ ।