बेल्जियमको जितमा लुकाकुको चार गोल

युरो कप छनोट अन्तर्गत आईतबार राति सम्पन्न समूह एफको खेलमा बेल्जियम विजयी भएको छ । बेल्जियमले अजरबैजान माथि ५-० को सहज जित हासिल गरेको हो।

खेलको २४ औं मिनेटमा एडी इश्राफिलोभ रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा समेटिएको अजरबैजानविरुद्ध बेल्जियम सहज जित निकाल्न सफल भयो ।

बेल्जियमलाई सहज जित दिलाउन रोमेलु लुकाकु एक्लैले चार गोल गर्दा लियान्द्रो ट्रोसार्डले एक गोल थपे । लुकाकुले ह्याट्रिसहित चारै गोल खेलको पहिलो हाफमै पुरा गरेका थिए ।

यस जितसँगै ८ खेलमा ६ जित र २ बराबरी सहित २० अंक जोडेको बेल्जियम अपराजित रहँदै युरो कपमा छनोट भएको छ । यसै समूहमा अष्ट्रिया १९ अंक सहित दोस्रो रहँदै छनोट भएको छ।

यता स्वीडेनको १० अंक रहँदा अजरबैजानको ७ तथा इस्टोनियाल १ अंक सहित छनौटबाट बाहिरीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :