अष्ट्रेलियाले भारतलाई पराजित गर्दै छैठौं पटक जित्यो विश्वकपको उपाधि

आईसीसी एकदिवसिय विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । अहमदावादको नरेन्द्र मोदी स्टेडियममा भएको फाइनल खेलमा अष्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गर्दै विश्वकपको उपाधि छैठौं पटक जित्न सफल भएको हो ।

फाइनलमा टस हारेर पहिलो ब्याटिङ्ग गरेको भारतले निर्धारित ५० ओभरमा २४० रन बनाउँदै अल आउट भएको थियो । भारतको तर्फबाट कप्तान रोहित शर्माले ४७, विराट कोहलीले ५४ र केएल राहुलले ६६ रनको अर्धशतकिय पारी खेलेका थिए । त्यस्तै अष्टेलियाको तर्फवाट मिशेल स्टार्कले ३, जोश हेजलबुड र प्याट कमिङ्गसले २, २ विकेट लिएका थिए ।

फाइनल खेलमा कप्तान रोहितले विश्फोटक पारी खेल्दै १० ओभरमा भारतलाई ८० रनको स्थितिमा पुर्याएका थिए । तर रोहित आउट भएपछि लगतार भारतको तीन विकेट पतन भएपछि भारत दबावमा परेको थियो । त्यसपछि सम्लिएर खेलेको भारतको तर्फवाट विराट कोहली र केएल राहुले अर्धशतकिय पारी खेलेपनि अन्तिममा भारत २४० रनमा समेटिएको थियो ।

२४१ रनको विजय लक्ष्य लिएर मैदानमान उत्रिएको अष्ट्रेलियाको शुरुवात पनि राम्रो हुन सकेन । खेलको दोश्रो ओभरमा डेविन वार्नर आउट भएपछि ४७ रनको स्कोरमा अष्टेलियाले ३ विकेट गुमाउन पुगेको थियो । तर टेविस हेड र मार्नश लाबुशेनले सुझबुझसङ्गै शतकिय साझेदारी गरेका थिए । त्यसपछि अष्ट्रेलिया पूर्णरुपमा खेलमा फर्किएको थियो ।

अष्ट्रेलियाको जितको हिरो बन्ने क्रममा म्यान आफ द म्याच ओपनर हेडले १३७ रनको शतकिय पारी खेलेका थिए । उनले आफ्नो पारीमा १२० बल खेल्दै १५ चौका र ४ छक्का प्रहार गरेका थिए । त्यस्तै लाबुशेनले ५८ रनको पारी खेलेका थिए । भारतको तर्फवाट जसप्रीत बुमराह २, मोहम्मद शामी र मोहम्मद शिराजले १,१ विकेट लिएका थिए ।

फाइनल खेलमा अष्टेलियाले ब्याटिङ्ग, बलिङ्ग र फिल्डिङ्गमा उत्कृष्ट प्रदर्शन गरेको थियो । अष्ट्रेलियाको यहि उत्कृष्ट प्रदर्शनका कारण भारत २४० रनमा समेटिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :