सचिनले दिए, विराटलाई १० नम्वरको जर्सी उपहार

भारतका विश्व चर्चित क्रिकेटर सचिन तेन्दुल्करले स्टार ब्याट्सम्यान विराट कोहलीलाई आफ्नो १० नम्बरको जर्सी उपहार दिएका छन् । बिराटले एकदिवसि क्रिकेटमा सचिनले राखेको ४९ शतकको किर्तिमानलाई तोड्दै ५० औं एकदिवसिय शतक बनाउँदै कीर्तिमान बनाएपछि सचिनले विराटलाई १० नम्बरको जर्सी उपहार दिएका हुन् ।

सचिनले सन् २०१२ मा पाकिस्तानको मिरपुरमा खेल्दा लगाएको आफ्नो अन्तिम एकदिवसिय क्रिकेटको जर्सीमा हस्ताक्षर गर्दै विराटलाई उपहार दिएका हुन् । सचिनले एशिया कपका दौरान पाकिस्तानको मीरपुरमा अन्तिम पटक एकदिवसिय क्रिकेट खेलेका थिए ।

विराटले हालै सम्पन्न एकदिवसिय विश्वकप क्रिकेट २०२३ मा न्यूजील्याण्डविरुद्ध भएको सेमिफाइनल खेलमा ५० औं शतक प्रहार गर्दै सचिनको कीर्तिमान तोडेका थिए । कोहली एकदिवसिय क्रिकेटमा ५० शतक बनाउने विश्वकै पहिलो खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :