आईसीसीद्वारा विश्वकप प्लेइङ्ग–११ घोषणा, च्याम्पियन अष्ट्रेलियाका कप्तान कमिन्स अटाउन सकेनन्

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकप २०२३ को समापनसङ्गै आईसीसी विश्वकप प्लेइङ्ग–११ को घोषणा गरेको छ । आईसीसीले हालै सम्पन्न विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई समेट्दै प्लेइङ्ग–११ को घोषणा गरेको हो ।

आईसीसीले घोषणा गरेको आईसीसी विश्वकप प्लेइङ्ग–११ मा भारतका ६ खेलाडीहरु रोहित शर्मा, विराट कोहली, केएल राहुल, रवीन्द्र जडेजा, जसप्रीत बुमराह र मोहम्मद शामी परेका छन् भने विश्वकप विजेता अष्ट्रेलियाका कप्तान पीट कमिन्स भने उक्त टोलीमा परेका छैनन् । त्यस्तै १२ औं खेलाडीको रुपमा दक्षिण अफ्रिका फास्ट बलर गेलार्ड कोएत्जी परेका छन्।

विश्वकप विजेता अष्ट्रेलियाको तर्फबाट दुईजना खेलाडीहरु लाई प्लेइङ्ग–११ मा स्थान दिइएको छ । जस्मा स्पिनर अलराउण्डर ग्लेन म्याक्सवेल र स्पीनर एडम जाम्पा परेका छन् । त्यस्तै दक्षिण अफ्रिको तर्फबाट क्वीन्टन डिकक, न्यूजील्याण्डका डेरेल मिचेल र श्रीलंकाका फास्ट बलर दिलशान मदुशंका पनि प्लेइङ्ग–११ मा परेका छन्।

आईसीसीले घोषणा गरेको विश्वकप प्लेइङ्ग–११ मा इङ्गल्याण्ड, पाकिस्तान, अफगानिस्तान, नेदरल्याण्ड्स र बंगलादेशका कुनै पनि खेलाडी परेका छैनन् । आईसीसीले घोषणा गरेको वल्र्डकप प्लेइङ्ग–११ को कप्तानमा रोहित शर्मालाई चुनिएको छ ।

त्यस्तै अन्य खेलाडीहरुमा विराट कोहली, डेरेल मिचेल, केएल राहुल, ग्लेन म्याक्सवेल, रवीन्द्र जडेजा, जसप्रीत बुमराह, दिलशान मदुशंका, एडम जाम्पा र मोहम्मद शामी रहेका छन् । त्यस्तै १२ औं खेलाडीको रुपमा गेराल्ड कोएत्जी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :