नेपाल तेक्वान्दो संघको आयोजनामा दोश्रो एनटीए लिग तेक्वान्दो प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगितामा पुम्से र ग्यरोगीमा जम्मा ७२ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक संघका उपाध्यक्ष भानबहादुर चन्दले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
जम्मा ६५० खेलाडीको सहभागिता रहने तेक्वान्दो संघका सदस्य बब्लु सिवाकोटीले जानकारी गराए ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ९ लाख रुपैयाँ खर्च हुनेछ ।
तीनदिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित तेक्वान्दो हलमा हुनेछ ।