काठमाडौं । काठमाडौंमा जारी दोश्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी पोखरा थन्डर्ससँग बराबरीमा रोकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बुधरबार सम्पन्न खेलमा ललितपुर सिटी पोखरासँग गोलरहित बराबरीमा रोकिएको हो ।
पहिलो खेलको तुलनामा खस्किदो र फितलो प्रदर्शनका कारण ललितपुर सिटी पोखरासँग गोलरहित बराबरी खेल्दै अंक बाँढ्न बाध्य भएको हो ।
खेलको शुरुवाती समयदेखि नै फितलो प्रदर्शन गरेको ललितपुरविरुद्ध पोखराले केही राम्रा अवसर सिर्जना गरेपनि गोल भने गर्न सकेन ।
यस बराबरीसँगै दुवै टोलीको दुई खेलबाट समान ४ अंक भएको छ । ललितपुरले पहिलो खेलमा बुटवल लुम्बिनी एफसीलाई २-० तथा पोखराले एफसी चितवनलाई १-० ले पराजित गरेकोथियो ।