भारत र इङ्गल्याण्डको महिला क्रिकेट टोलीबिच आज (बुधबार) पहिलो टी २० अन्तर्राष्ट्रिय क्रिकेट खेल हुँदैछ । मुम्बईको वानखेडे स्टेडियममा आजको खेल नेपाली समयानुसार साँझ ७:१५ बाट शुरु हुनेछ ।
तीन खेलको टी २० सिरिजमा भारतको तर्फबाट हरमनप्रीत कौर र इङ्गल्याण्डको तर्फबाट हिथर नाइटले कप्तानको भूमिका निभाउँदै छिन् । टी २० महिला क्रिकेटका तीनवटै खेल वानखेडे स्टेडियममा हुनेछन् ।
वानखेडेको पीच विशेष गरेर फ्ल्याट विकेटको रुपमा परिचित छ । यहाँ रन चेज गर्ने टोलीले जित हासिल गर्दै आएको रिकर्ड छ । यो पीच ब्याट्सम्यानको भन्दा बलरहरुको लागि उपयुक्त मानिन्छ । टी २० क्रिकेटमा पहिले ब्याटिङ्ग गर्ने टोलीको औसत स्कोर १६० को रहदै आएको छ ।
भारत र इङ्गल्याण्डको महिला क्रिकेट टोलीबिच अहिलेसम्म २७ टी २० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा भिडन्त भएको छ । जस्मा इङ्गल्याण्डले २० र भारतले ७ खेल जित्न सफल भएका छन।।