जिममा पसिना बगाउँदै आईपीएलको तयारीमा जुटे धोनी

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को तयारीको लागि महेन्द्र सिंह धोनीले जिममा पसिना बगाउन थालेका छन् । धोनीले जिममा पसिना बगाउन थालेपछि उनले आईपीएलको नयाँ संस्करण खेल्ने समेत पक्का भएको छ । धोनीले जिममा पसिना बगाईरहेको तस्बीर अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

कप्तान समेत रहेका धोनीले गत संस्करण २०-२३ मा चेन्नईलाई आईपीएलको उपाधि जिताएपछि धोनीले सन्यास लिने अड्कल काटिएको थियो । तर हालै चेन्नईले रिटर्न गरेका खेलाडीहरुको नामको सूचीमा धोनीको नाम समेत राखेपछि उनले आईपीएल २०२४ को संस्करण पनि खेल्ने पक्का भएको हो । जसको लागि धोनी अहिले तयारीमा जुटिसकेका छन् ।

सन् २०२३ मा चेन्नईलाई आईपीएलको उपाधि दिलाउन धोनीले उत्कृष्ट कप्तानी गरेका थिए । साथै टोलीलाई जित दिलाउन अहम भूमिका निभाएका थिए । यो सिजनमा पनि धोनी आईपीएल खेल्ने भएपछि अहिले चेन्नईका फ्यानहरुमा खुशी छाएको छ । उनीहरुले धोनीको उपस्थितिलाई नै उपाधिको दाबेदार मान्दै आएका छन् ।

गत सिजनमा फिनिसरको भूमिका उत्रिएका धोनी थोरै समय मात्रै ब्याटिङ्ग गर्ने अवसर पाएका थिए । धोनीले आईपीएलका १६ खेलमध्य ११ खेल खेल्दै १८५.७१ स्टाइक रेटका साथ १०४ रन बनाएका थिए । उनले कुल १०४ रन बनाउँदा १० छक्का प्रहार गरेर दर्शकहरुलाई रोमाञ्चित बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :