कान्तिपुर स्ट्याग ग्लोबल टेबलटेनिस लिगको शीर्ष स्थानमा

काठमाडौं । कान्तिपुर भ्याली पिङपोङ क्लब स्ट्याग ग्लोबल टेबलटेनिस लिग च्याम्पियनसिपको दोश्रो दिन बुधबारको खेल सकिँदा शीर्ष स्थानमा छ ।

स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा कान्तिपुरले ४४ अंक जोडेको छ ।

आयोजक स्ट्याग ४३ तथा नेपाल प्रहरी क्लब ४१ अंकसाथ क्रमशः दोश्रो र तेश्रो स्थानमा छन् ।

नेपाल एपीएफ क्लबले ३१, गोड स्पिन टेबलटेनिस एकेडेमीले २९, एभीएम टेबलटेनिस क्लबले २६, नेपाल आर्मी क्लबले २१, ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लबले १० र नगाउँ स्पोर्ट्स क्लबले ८ अंक जोडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :