ओलम्पिक पदक विजेता साक्षी मलिकले गरिन् कुस्ती खेलबाट सन्यासको घोषणा

ओलम्पिक खेलमा काश्य पदक विजेता कुस्ती खेलाडी साक्षी मलिकले कुस्ती खेलबाट सन्यास लिने घोषणा गरेकि छिन् । साक्षीले यो घोषणा बिहीबार भएको कुस्ती महासंघको निर्वाचनपछि गरेकि हुन् ।

यो वर्षको शुभारम्भमा साक्षी मलिकसहित तीन कुस्ती खेलाडीहरु वीनेश फोगाट र बजरङ्ग पुनियाले कुस्ती महासंघका अध्यक्ष बृजभूषण शरण सिंहलाई यौन उत्पीडनको आरोप लगाउँदै प्रदर्शन मा उत्रिएका थिए । त्यसपछि अध्यक्ष सिंहले महासंघको अध्यक्षबाट राजिनामा दिएका थिए ।

बिहिबार अध्यक्ष बृजभुषणका विश्वास पात्र संजय सिंह कुस्ती महासंघको अध्यक्षमा निर्वाचित भएपछि साक्षी लगायत अन्य पदाधिकारीहरुले असन्तुष्टि जाहेर गरेका छन् ।

ति खेलाडीहरुले सिंहको विजयले आफ्नो आन्दोलन ब्यर्थ गएको बताएका छन् । तर सिंहले आफ्नो विजयलाई सम्पूर्ण कुस्ती खेलाडीहरुको विजय भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :