खेलकुद मन्त्रालयले गर्यो कुस्ती महासंघलाई निलम्बन

भारतीय खेल मन्त्रालयले आज (आईतबार) भारतीय कुस्ती महासंघ (डब्ल्यूएफआइ) लाई अर्को निर्देशन नहुञ्जेलसम्म निलम्बन गरेको छ ।

मन्त्रालयले नवनिर्वाचित संस्थाले कुस्ती खेलाडीको तैयारीको लागि पर्याप्त समय नदिईकन अण्डर–२० राष्ट्रिय प्रतियोगिताको हचुवाहरुको भरमा आयोजनाको मिति घोषणा गरेका कारण निलम्बन गरेको हो ।

खेल मन्त्रालयले नव निर्वाचित कुस्ती महासंघले कुस्ती महासंघको नियम पालना गरेको कारण निलम्वन गरेको बताएको छ । साथै मन्त्रालयले यो महासंघको बर्खास्त नभई अर्को आदेश नहुञ्जेल निलम्बन गरिएको पनि प्रस्ट पारेको छ ।

महासंघका वर्तमान अध्यक्ष संजय कुमार सिंहले २३ डिसेम्वरमा अध्यक्षमा निर्वाचित भएपछि अण्डर– र अण्डर–२० राष्ट्रिय कुस्ती प्रतियोगिता उत्तर प्रदेशको गोण्डामा गर्ने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :