कुस्ती विवाद समाधान गर्न भारतीय ओलम्पिक कमिटीले गर्यो तीन सदस्यीय समिति गठन

पेरिस ओलम्पिकलाई मध्यनजर राख्दै भारतीय ओलम्पिक संघले भारतीय कुस्ती महासंघलाई सञ्चालन गर्नको लागि तीन सदस्यीय समिति गठन गरेको छ । भूपेन्द्र सिंह बाजवाको अध्यक्षता गठन गरेको तीन सदस्यीय समितिको सदस्यमा एमएम सोमाया र मञ्जुषा कँवर रहेका छन् ।

भारतीय ओलम्पिक संघले यो समितिलाई कुस्ती महासंघको दैनिक कामकारवाहि देखि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तर प्रतियोगिताका लागि खेलाडीको छनौंट गर्ने अधिकार समेत प्रदान गरेको छ । जस्मा खेलाडीको नाम सिफारिस, खेलको आयोजना, पर्यवेक्षया र बैङ्क खाता सञ्चालन समेत रहेका छन् ।

भारतीय कुस्ती महासंघमा हालै निर्वाचित संजय सिंहको नेतृत्व विवादमा परेपछि भारतीय खेलकुद मन्त्रालयले उक्त कमिटीलाई अनिश्चित समयको लागि निलम्बन गरेको थियो।

खेलकुद मन्त्रालयले सिंहको कमिटीलाई निलम्बन गरेपछि भारतीय ओलम्पिक कमिटीले यस्तो कदम उठाएको हो । पेरिस ओलम्पिक २६ जुलाई २०२४ देखि ११ अगस्तसम्म फ्रान्समा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :