युडब्लुडब्लुले सर्तसहित भारतीय कुस्ती महासंघमाथि लागेको प्रतिबन्ध फुकुवा गर्यो

युनाईटेड वल्र्ड रेसलिङ (युडब्लुडब्लु) ले भारतीय कुस्ती महासंघ (डब्लुएफआई) माथि लगाएको प्रतिबन्ध मंगलवारदेखि हटाएको छ । युडब्लुडब्लुले तत्कालको लागि प्रतिबन्ध हटाएको बताउँदै तोकिएको समय पुनः निर्वाचन गर्न निर्देशन समेत दिएको छ । युडब्लुडब्लुले गत वर्ष सन् २०२३ को अगस्तमा डब्लुएफआईको सदस्यता अनिश्चितकालको लागि रद्द गरेको थियो ।

युडब्लुडब्लुले भारतीय कुस्ती महासंघको निर्वाचन ६ महिनासम्म पनि गर्न नसकेपछि सदस्यता खारेज गर्दै अनिचितकालिन प्रतिबन्ध लगाएको थियो । त्यसपछि युडब्लुडब्लुको अनुशासनात्मक चेम्बरले यस्तो फैसला गरेको थियो ।

युडब्लुडब्लुले निलम्बन फुकुवा सम्वन्धि निर्णय ९ फेब्रुअरीमा गरेको थियो । उक्त मिटिङले अन्य सवै कुरालाई दृष्टिगत गर्दै तत्कालको लागि यो निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो। साथै यो निर्णयमा युडब्लुडब्लुले केहि सर्त समेत राखेको छ । जस्मा भारतीय कुस्ती महासंघले आफ्नो निर्वाचन पुनः गर्नुपर्ने निर्देशन समेत दिएको छ ।

युडब्लुडब्लुले आफ्नो निर्देशनमा निर्वाचनका सम्पूर्ण उम्मेद्वार र भोटर पनि एथलिट हुनुपर्ने जनाएको छ । त्यस्तै ति एथलिट ४ वर्षभन्दा अधिक समयदेखि सेवानिवृत नहुनुपर्ने समेत भनेको छ । साथै सम्पूर्ण कुस्ती खेलाडीलाई कुनै भेदभाव नगरि डब्लुएफआईका प्रतियोगिता र ओलम्पिक प्रतियोगितामा सहभागिताको लागि अनुमति दिनुपर्ने समेत निर्देशन दिएको छ । यसको लिखित ग्यारेन्टी समेत दिनुपर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :