काठमाडौं । नेत्रहीन क्रिकेट प्रतियोगिता २०२४ को दोस्रो दिनको दोस्रो खेल बाँके र बर्दिया बीचमा भएको छ । बर्दियाले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । बाँकेले ४ विकेट गुमाएर १४७ रनको लक्ष्य दिएको थियो ।
बर्दियाले लक्ष्य १७ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्दै बाँकेमाथि जित हात पारेको थियो । प्लेयर अफ दि म्याच गोपाल राठौरले उत्कृष्ट ब्याटिङ गर्दै ७१ रन बनाए । प्लेयर अफ दि म्याचको ट्रफी कोहलपुर नगरपालिका वडा अध्यक्ष कल्पना शर्माले हस्तान्तरण गरिन्।
दृष्टिविहीन क्रिकेट प्रतियोगिता २०२४ को दोस्रो दिनको पहिलो खेल चितवन नेत्रहीन क्रिकेट क्लब (चितवन) विरुद्ध लुम्बिनी नेत्रहीन क्रिकेट संघ, रुपन्देही बिच भएको थियो।
लुम्बिनीले टस जितेर फिल्डिङ रोजेको छ । चितवनले ५९ रनको लक्ष्य दिएको थियो । उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै लुम्बिनीले ५.५ ओभरमा लक्ष्य पूरा गर्न सफल भयो ।
लुम्बिनीको लागि अब्दुल जहित दले २४ र शम्भु पोखरेलले १८ रन बनाएपछि मात्र ५.५ ओभरमा लक्ष्य पूरा गर्न सफल भयो । प्लेयर अफ दि म्याच लुम्बिनीका खेम राज सापकोटा भएका थिए ।