पुनमलाई आर्थिक सहयोग

च्याम्पियन मार्सल आर्ट्स, खरीवोटले १३ औं सागकी स्वर्ण पदक विजेता जुडो खेलाडी पुनम श्रेष्ठलाई स्वस्थ्य उपचारका लागि आर्थिक सहयोग स्वरुप नगद ५० हजार रुपैयाँ प्रदान गरेको छ ।

च्याम्पियन मार्सल आर्ट्स निर्देशक सुशिला लामाले पुनमलाई एक कार्यक्रमबीच रकम हस्तानतरण गरिन्।

यसअघि राष्ट्रिय खेलकुद परिषद्ले पनि पुनमलाई स्वास्थ्य उपचारका लागि १ लाख ४७ हजार ५९ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो।

च्याम्पियन मार्सल कराते खेलाडी सुनिल लामा, तेकवान्डो खेलाडी पुष्प थापा मगर, जुडो खेलाडी सरोज मर्हजन, तेक्वान्डो खेलाडी सुजन जोशाी र उसु खेलाडी राजु महर्जनले स्थापना गरेको संस्था हो।

च्याम्पियन मार्सल आर्ट्समा मार्सल आर्ट्सका विभिन्न खेलका प्रशिक्षण व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :