गरिबीलाई चिर्दै यसरी रातारात करोडपति बने वेष्ट इण्डिजका शमर जोसेफ

वेष्ट इण्डिजको एक गरिब परिवारमा जन्मिएका शमर जोसेफलाई दुई छाक टार्न पनि गाह्रो थियो । गरिबी उनको यति दुश्मन बनेको थियो कि थियो, उनी आफुले चाहेको र मनपर्ने कार्य समेत गर्न पाउँदैनथे । गरिबीकि कै कारण उनी विभिन्न किसिमका मजदुरी गर्न बाध्य भए । त्यसको लागि कहिले उनी जङ्गमा रुख काट्ने कार्य गर्थे भने कहिले सेक्युरिटी गार्ड भएर काम गर्न बाध्य भए ।

सानै उमेरदेखि क्रिकेट भनेपछि हुरुक्क हुने शमर जोसेफले क्रिकेटबाट टाढा हुनु उनको गरिबी नै थियो । र पनि, उनी क्रिकेट खेल्न केहि समय अवश्य मिलाउँथे । गरिबीले क्रिकेट खेलबाट टाढा हुँदै गएपनि उनले क्रिकेट खेल्न सपना भने मर्न दिएका थिएनन् । एक दिन क्रिकेटमा सफल खेलाडी बन्ने र राष्ट्रको तर्फबाट अन्तर्राष्ट्रिय खेल्ने उनको सपना थियो ।

शमरको जन्म ३१ अगस्त सन् १९९९ मा गुयानाको एउटा दुर्गम गाउँ बराकारामा भएको थियो । क्रिकेट खेलाडी बन्ने रहर पाल्दापाल्दै उनको भेट गर्लफ्रेण्डसँग भयो । पछि उनीसँगै इन्गेजमेन्ट भएपछि उनले शमरको भेट वेष्ट इण्डिजका क्रिकेटर रोमारियो शेफर्ड गराएकि थिइन् । रोमिरियोको घर शमरको घर नजिकै थियो ।

त्यसपछि शेफर्डले शमरलाई गुयाना क्रिकेट टीमका कोचसँग भेट गराएका थिए । यहिवाट शमरले पहिलो पटक क्रिकेट खेल्ने अवसर पाएका थिए । शमरले क्लब क्रिकेटबाट उत्कृष्ट प्रदर्शन गर्दै फस्ट क्लासमा खेल्ने अवसर पाए । यसपछि उनी आफ्नो खेलमा निखारता ल्याउँदै वेष्ट इण्डिजको राष्ट्रिय टीममा पर्न सफल भए ।

राष्ट्रिय टोलीमा परेको केहि समयपछि टेष्ट टोलीमा पर्न सफल शमरले अष्ट्रेलियाविरुद्ध भएको गाबा टेष्टमा उत्कृष्ट बलिङ गर्दै अष्ट्रेलियालाई अष्ट्रेलियाकै भूमि तीन दशकपछि पराजित गर्न अहम भूमिका निभाएका थिए । उनले एकै पारीमा अष्ट्रेलिया ७ विकेट लिदै कीर्तिमान समेत बनाएका थिए । उनको यस्तो प्रदर्शन देखेर विश्व चर्चित वेष्ट इण्डिजका स्टार खेलाडी ब्राइन लारा रुन पुगेका थिए ।

यो प्रदर्शनपछि चर्चामा आएका शमरको भाग्य रातारात चम्किएको थियो । उनलाई आईपीएल २०२४ मा लखनउ सुपर जाइन्टसले ३ करोड रुपैयाँमा खरिद गरेको थियो । यसअघि आईपीएलको अक्सनमा शमरलाई कुनै पनि टोलीले बोली लगाएका थिएनन् । मार्क वुड चोटिल भएर आईपीएल खेल्न नसक्ने भएपछि उनको स्थानमा लखनउले शमरलाई खरिद गरेको थियो । यसरी एउटा गरिबीको रेखामुनी रहेको र विहान बेलुकि छाक टार्न धौधौ परिरहेको खेलाडी शमर जोफेस रातारात करोडपति बन्न पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :