चितवन । अन्तरप्रदेश खेलकुदअन्तर्गत भलिबलमा गण्डकी प्रदेशको महिला र पुरुष दुबै टोली फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको महिलातर्फको सेमिफाइनल खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई ३–१ सेटले हराउँदै फाइनला स्थान बनाएको हो ।
महिलाको पहिलो सेमिफाइनलमा गण्डकीले २६–२४, २५–२०, ११–२५ र २५–१४ को जित निकाल्यो।
दोस्रो सेमिफाइनलमा बगमतीले कर्णाली प्रदेशलाई सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनायो । बागमतीले २५–१०, २५–९ र २५–१७ को जित निकाल्यो ।
पुरुषको पहिलो सेमिफाइनलमा कोशीले कर्णाली प्रदेशलाई ३–१ सेटमा हराउँदै फाइनलमा स्थान बनायो । कोशीले २१–२५, २५–१९, २५–१६ र २५–२० को जित निकाल्यो ।
दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेशले सुदूरपश्चिमलाई ३–१ सेटले हराउँदै फाइनलमा स्थान बनायो । गण्डकीले २२–२५, २५–१७, २५–१९ र २५–२० को जित निकाल्यो ।
प्रतियोगिता अन्तर्गत महिला र पुरुषतर्फको दुबै फाइनल खेल शुक्रबार हुनेछ । त्यसै दिन तेस्रो स्थानका लागि पनि खेल हुनेछ ।