काठमाडौं । नेपाली महिला खेलाडीहरुका लागि वर्ष २०८० निकै उपलब्धिमुलक बन्न पुगेको छ । विभिन्न खेलका महिला खेलाडीहरुले राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत धाक जमाउन सफल भए । जसमा करातेकि एरिका गुरुङ्गले १९ औं एशियाली खेलकुद प्रतियोगितामा रजत पदक जितेर ऐतिहासिक किर्तिमान कायम गर्दा महिला कबड्डी टोलीले पनि एशियाडमा कास्य पदक दिलाउन सफल भएको थियो ।
त्यस्तै पारा एशियन गेम्समा कास्य र ओलम्पिक छनौट चरणमा स्वर्ण पदक जितेर पारा खेलाडी पलेशा गोवर्धनले अर्को कीर्तिमान कायम गरिन्। यसैगरि महिला फुटबल टोलीले साउदी अरेबियामा भएको वाफ महिला च्याम्पियनसिपमा गरेको उत्कृष्ट प्रदर्शन र हासिल गरेको दोश्रो स्थान आफैमा तारिफयोग्य रह्यो। त्यस्तै बंगलादेशमा भएको ढाका म्याराथनमा कीर्तिमानसहित स्वर्ण पदक जितेर सन्तोषी श्रेष्ठले आफ्नो सफलतामा नौंलो अध्याय थप्न सफल भइन् ।
इन्डोनेसियामा भएको एशियन शारिरीक सुगठन प्रतियोगितामा स्वर्ण पदक जित्दै रजनी श्रेष्ठले नेपाली खेलकुदलाई हराभरा बनाउन कुनै कसर बाँकि राखिनन् । यावत कुराले २०८० को वर्ष नेपाली महिला खेलाडीहरुको लागि उत्कृष्ट मात्र नभई शानदार सावित भयो । यी बाहेक अन्य खेलहरुमा वर्ष २०८० नेपालका लागि कस्तो रह्यो? र नेपाली खेलाडीले कस्तो प्रदर्शन गरे त्यसको फिरहत्ते तल प्रस्तुत गरिएको छ ।
भलिबल पुरुष :–
–गत असोजमा श्रीलंकामा भएको सेन्ट्रल एशियन (काभा) पुरुष च्यालेञ्ज कप भलिबलमा सहभागि नेपाली टोलीले खासै राम्रो प्रदर्शन गर्न सकेन । प्रतियोगितामा नेपाल उज्वेकिस्तानसँग ३–०, साउदी अरेवियासँग ३–२ बंगलादेशसँग ३–१, श्रीलंकासँग ३–० र अफगानिस्तानसँग पराजित हुँदै ६ टोली सहभागि प्रतियोगिताबाट बिना जित स्वदेश फर्किएको थियो ।
भलिबल महिला :-
–महिला टोलीले चीनमा भएको १९ औं एशियाली खेलकुद प्रतियोगिताबाट एशियाडमा डेब्यू गरेपनि सोचे अनुरुप प्रदर्शन गर्न सकेन । नेपाल हङकङ, भियतनाम, भारत र दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको थियो।
–त्यस्तै एशियाडमा नेपाली पुरुष टोली इरानसँग ३–० र बहराइनसँग ३–१ सेटमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
नेपाल भलिबल संघ :-
–गत भदौमा नेपालको राष्ट्रिय महिला तथा पुरुष भलिबल खेलाडीलाई मासिक ५–५ हजारका दरले तलब दिने ऐतिहासिक निर्णय गरेको थियो ।
पुरुष टोली :-
_गत असारमा किर्गिस्तानमा भएको सेन्ट्रल एशियन भलिबल एसोशियसन (काभा) पुरुष भलिबल लिगमा नेपाल उज्जेकिस्तानसँग ३–० र मंगोलिया, किर्गिस्तान, इरान र तुर्किमिनिस्तानसँग पराजित भएको थियो ।
–नेपालमा भएको काभा महिला च्यालेञ्ज कप भलिबल प्रतियोगितामा नेपालले तेस्रो स्थान हासिल गरेको थियो । उक्त प्रतियोगितामा भारतले उपाधि जित्दा उज्वेकिस्तानले दोश्रो स्थानमा चित्त बुझाउनु पर्यो । यो प्रतियोगितामा नेपालले कुल ५ खेलमा ४ मा जित निकाल्दै तेस्रो भएको थियो । सेमिफाइनलमा नेपाल काजकिस्तानसँग ३–२ ले पराजित हुँदै फाइनल पुग्नबाट बन्चित बनेको थियो ।
क्रिकेट :-
_ श्रीलंका र पाकिस्तानमा आयोजना भएको एशिया कप २०२३ मा पहिलो पटक एशिया कप खेलेको नेपाली क्रिकेट टोलीले उत्कृष्ट प्रदर्शन गर्न सकेन । नेपाली टोली पाकिस्तानसँग २३८ रन र भारतसँग १० विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
–त्यस्तै गत साउन २१ गते नेपाली क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।
–श्रीलंकामा भएको एसीसी मेन्स इमर्जिङ टिम्स एशिया कपमा नेपाल भारत ए सँग ९ विकेट र पाकिस्तान ए सँग ४ विकेटले पराजित हुँदै प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको थियो ।
–सन् २०२४ मा वेष्ट इण्डिज र अमेरिकामा आयोजना हुने आईसीसी टी २० विश्वकप क्रिकेटको तयारीका लागि नेपाल सरकारद्वारा पाँच करोड प्रदान ।
–नेपाल क्रिकेट संघले नेपाली पुरुष र महिला क्रिकेट खेलाडीहरुको श्रेणीका आधारमा गत फागुनदेखि मासिक तलबमा बृद्धि गरेको थियो ।
–मलेसियामा सम्पन्न एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग पराजित हुदै महिला टोली एशियन कपमा छनौट हुन असफल भएको थियो ।
–नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको स्पोर्टस अवार्डमा वर्षको उत्कृष्ट युवा क्रिकेटरको उपाधि देव खनालले जित्न सफल भएका थिए ।
–बलत्कारको आरोपमा काठमाण्डौं जिल्ला अदालतले पुष १३ गते चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय तोकेको थियो। त्यसपछि क्यानले पुष २५ गते संदीपलाई निलम्बन गरेको थियो ।
–गत कार्तिकमा घरेलु मैदानमा भएको आईसीसी टी २० विश्वकप एशिया क्षेत्रबाट नेपाल विश्वकपमा छनौट हुन सफल । नेपालले विश्वकपमा छनौट हुन सेमिफाइनलमा युएईलाई पराजित गरेको थियो । यो सफलतासँगै नेपालले टी २० विश्वकपमा १० वर्षपछि स्थान बनाएको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी २० विश्वकपमा सहभागिता जनाएको थियो । उक्त प्रतियोगितामा नेपाल सुपर १० सम्म पुग्न सफल भएको थियो ।
–गत असोजमा सम्पन्न नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचनमा चतुरबहादुर चन्द दोश्रो पटक क्यानको अध्यक्ष बन्न सफल । चर्चित क्रिकेट खेलाडी पारस खड्का सचिवमा चयन भएको।
–नेपालमा आयोजना भएको दश राष्ट्र सम्मिलित पुरुष एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाली पुरुष क्रिकेट टोली एशिया कपको लागि छनौट भएमो ।
तेक्वान्दो:–
–नेपालकि पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन चीनमा भएको पारा ओलम्पिकको एशियन छनौट अन्तर्गत महिला ५७ केजी तौल समुहमा स्वर्ण पदक जित्दै पेरिस पारा ओलम्पिकका लागि छनौट हुन सफल । पलेशा पारा तेक्वान्दोमा छनौट चरण पार गरेर पारा ओलम्पिकमा छनोट हुने नेपालकी पहिलो खेलाडी बनिन् । यो भन्दाअघि चीन हाङझाओमा सम्पन्न पारा एशियन गेम्समा पलेशाले कास्य पदक जित्न सफल भएकि थिइन् । पारातर्फ पलेशाले एशियन गेम्समा जितेको नेपालका लागि यो पहिलो पदक हो।
सारिरिक सुगठन:-
-सन् २०२३ मा इन्डोनेसियामा भएको एसियन शारिरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण पदक विजेता रजनी श्रेष्ठले २०२३ मै नेपालामा भएको ५३ औं एशियन शारिरिक सुगठन च्याम्पियनसिपमा रजत र कास्य पदक जित्न सफल भएकी । उनले शारिरिक सुगठन पुरुष खेलाडीको लागि हो भन्ने मान्यतालाई चिर्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएकी ।
-गत असारमा माल्दिभ्समा भएको १३ औं एसिशयाली शारिरिक सुगठनमा नेपालका लागि ललित धिमाल स्वर्ण पदक जित्न सफल भएको ।
कबड्डीः-
-नेपालको महिला टोली असोजमा चिनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत कबड्डीको महिलातर्फ नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउन सफल भएको । नेपालको महिला कबड्डी टोलीले एसियाडको पहिलो सहभागीतामै ऐतिकासिक पदक जित्न सफल भएको हो। यससँगै कबड्डी एशियाडमा नेपाललाई पदक दिलाउने पाँचौं खेल बनेको थियो । त्यसअघि कराते, तेक्वान्दो, बक्सिङ र प्याराग्लाईडिङले एशियाडमा नेपाललाई पदक दिलाएको थियो ।
एथ्लेटिक्स(म्याराथन):-
-सन्तोषी श्रेष्ठले गत माघमा बंगलादेशमा भएको ढोका म्याराथनमा कीर्तिमानसहित स्वर्ण पदक जितेकी थिइन् । उनले दक्षिण एशियाली विधाको म्याराथनमा महिलातर्फ २ घण्टा ४६ मिनेट २२ सेकेण्डमा निर्धारित दुरी पुरा गरेकी थिइन् भने नेपालकै धाविका पुष्पा भण्डारीको किर्तिमान भङ्ग गदैं नयाँ किर्तिमा बनाएकी थिइन् । यस्तै मंसिरमा भएको नवौं धारा नेपालगन्ज म्याराथन जित्दै सन्तोषी उपाधिमा ह्याट्रिक गर्न सफल भएकी थिइन् । सोही प्रतियोगितामा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की पुरुषर्त दोश्रो पटक उपाधि जित्दै लन्डन म्याराथनमा छनौट हुन सफल भएको ।
-एशियाडमा भने नेपाली धावकको प्रदर्शन सन्तोजनक रहेन र नेपाली खेलाडी सहभागितामा मात्र सिमित रहे।
-दीपक अधिकारी चैत्र २१ गते भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औं वार्षिकोत्सवको अवसरमा सिनियर पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडीको अवार्ड जित्न सफल भएको । यस्तै उनले माघमा भएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ को पुरुषतर्फ वर्ष खेलाडीको अवार्ड पनि जितेको ।
कराते:-
-एरिका गुरुङ चैतमा अमेरिकाको टेक्सासमा भएको युएस ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण र रजत गरि दुई पदक जित्न सफल भएकी थिइन् भने यसै प्रतियोगितामा पुरुषतर्फको विधामा सहभागिता जनाएका नेपालका अर्का खेलाडी विप्लवलाल श्रेष्ठ भने सहभागितामै सिमित बने।
-भारतको आसाममा गत माघमा भएको दोश्रो अन्तर्राष्ट्रिय फुल कन्ट्याक क्योकुसिन कराते प्रतियोगितामा नेपालले ८ स्वर्ण पदक जितेको ।
-गत मसिंरमा नेपालमा भएको सातौं दक्षिण एशियाली करातेमा २९ स्वर्णसहित शीर्ष स्थानमा रहन सफल भएको नेपालले थप २६ रजत र ६ कस्य पदक पनि जितेको थियो ।
-एरिका असोजमा चीनको हाङझाव सहरमा भएको १९ औं एशियाली खेलकुद (एशियाड) मा करातेबाट नेपाललाई ऐतिहासिक रजत पदक जिताउन सफल महिला खेलाडी बन्दा एशियाडमा नेपालमा पुरुष खेलाडी विप्लवलाल श्रेष्ठ भने पदक जित्नबाट बञ्चित भएका थिए । उनी पुरुषतर्फको कास्य पदकको भिडन्तमा साउदी अरेबियाका खेलाडी तारेग अली एम हामेदीसँग पराजित भएका थिए।
-भदौमा भएको थाइल्याण्ड ओपन कराते च्याम्पियनसिपमा सिनियरतर्फ १ कास्य तथा जुनियर र क्याडेडतर्फ ११ सहित नेपाल १२ पदक जित्न सफल भएको ।
फुटबल :-
-विभिन्न बहानामा रोकिदै आएको शहीद स्मारक सी डिभिजन लिग चैत २२ गतेबाट शुरु भएको र हाल जारी रहेको छ ।
-नेपालले चैतमा भएको फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ छनौट अन्तर्गत दोश्रो चरणमा बहराइनसँग उसैको मैदानमा दुई खेल खेलेको थियो। दुवै खेलमा पराजित नेपाल विश्वक छनौटबाट बाहिरीसकेको छ ।
-नेपाली राष्ट्रिय महिला फुटबल टोली गत फागुनमा साउदी अरेबियामा सम्पन्न वाफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बन्न सफल । नेपालको महिला टोलीले सहभागिता जनाएको यो नै पहिलो वाफ महिला च्याम्पियनसिप हो । यस प्रतियोगितामा नेपाली फरवार्ड सावित्रा भण्डारी (साम्बा) सर्वाधिक गोलकर्ता घोषित भएकी थिइन् । उनले प्रतियोगिताको सेमिफाइनल र समूह चरण गरि चार खेलमा कुल ९ गोल गरेकी थिइन् ।
-गत माघमा घरेलु मैदानमा भएको चीनको छिङ्घाई प्रादेशिक युवा फुटबल टोलीसँगको मैत्रीपूर्ण खेलमा नेपाली अण्डर-२३ फुटबलले ५-१ गोल अन्तरको सहज जित निकाल्न सफल भएको ।
-गत पुषमा दशरथ रंगशालामा सम्पन्न दोश्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि जित्दै ललितपुर सिटी एफसी नयाँ च्याम्पियन बन्न सफल । फाइनलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै ललितपुर च्याम्पियन बन्दा उसैका कप्तान अनन्त तामाङ सर्वोकृष्ट खेलाडी घोषित भएको।
-गत मंसिरमा घरेलु मैदानमा भएको फिफा विश्वकप २०२६ को एसिया क्षेत्र दोस्रो चरणको छनौट अन्तर्गत नेपाल यमनसँगको खेलमा नेपाल यमनसँग २-० गोलले पराजित भएको ।
-नेपालको पुरुष टोली गत असोजमा लाओसलाई फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत एसिया क्षेत्र छनोटको प्रारम्भिक चरणमा समग्रमा २-१ ले हराउँदै दोश्रो चरणमा पुग्न सफल भएको ।
-१९ औं एशियाडमा नेपालको महिला फुटबल टोली सहभागितामै सिमित बनेको ।
-गत साउनमा दशरथ रंगशालामा भएको छनौट अन्तर्गत प्रारम्भिक चरणको खेलमा भुटानको पारो एफसीलाई ३-२ गोल अन्तरले पराजित गर्दै शहिद स्माकर ए डिभिजन लिग क्लब मछिन्द्र फुटबल क्लब एएफसी कप छनौटको दोश्रो चरणमा प्रवेश गरेको ।
-नेपाली राष्ट्रिय महिला फुटबल टोलीले गत असारमा बंगलादेशमा भएको घरेलु टोलीविरुद्धको दुई मैत्रीपूर्ण खेलको उपाधि जितेको ।
फुटबल सघं :-
-अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत साउनमा नेपाली राष्ट्रिय महिला तथा पुरुष फुबटल टोलीलाई समान पुरस्कार प्रदान गर्ने घोषणा गरेको ।
बक्सिङ :-
-माघ १३ गते बक्सिङका पूर्व प्रशिक्षक मदन कुमार गुरुङको निधन भएको ।
-भारतको दील्लीमा भएको तेश्रो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा नेपाल १ स्वार्ण र ३ कास्य गरि ४ पदक जित्न सफल भएको ।
-गत कार्तिकमा खेलकुद विकास नियमावली-२०७९ मा व्यवस्था भए अनुसार गत वर्ष थाइल्याण्डको बैङककमा भएको एएसबीसी-यु २२ एशियाली पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिमा पदक विजेता ४ खेलाडी र प्रशिक्षकको जम्मा १६ लाख ८० हजार निकासा भएको
-१९ औं एशियाडमा नेपाली बक्सिङ खेलाडी भुपेन्द्र थापा र सुस्मा तामाङबाट पदकको आशा गरिएपनि सहभागितामै सिमित बनेको ।
-सुस्मा तामाङ चैत्र २१ गते भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औं वार्षिकोत्सवको अवसरमा सिनियरको महिलातर्फ सर्वोत्कृष्ट खेलाडी अवार्ड जित्न सफल भएकी ।