जुडो खेलाडी मनीता हङकङ प्रस्थान

काठमाडौं । एसियन जुडो च्याम्पियनसिपमा सहभागी हुन मनीता श्रेष्ठ प्रधान बुधबार हङकङ प्रस्थान गरेकी छन् ।

अप्रिल २० देखि २४ तारिखसम्म हुने प्रतियोगितामा मनीताले महिला ५७ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छिन् ।

प्रशिक्षकमा देबु थापा तथा व्यवस्थापकमा सुप्रसिद्ध ताम्राकार छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :