इन्डियन प्रीमियर लिग (आईपीएल) २०२४ अन्तर्गत बिहीबार राती भएको खेलमा रोयल च्यालेञ्जर बेङ्गोरले शान्दार जित हासिल गरेको छ ।
बेङ्गोरले पञ्जाब किङ्गसलाई ६० रनको अन्तरले पराजित गर्दै शान्दार जित हासिल गरेको हो ।
पहिलो ब्याटिङ गरेको बेङ्गलोरले शान्दार ब्याटिङ्ग गर्दै २४१ रन बनाएको थियो । बेङ्गलोरको तर्फवाट विराट कोहलीले सर्वाधिक ९२ रनको पारी खेलेका थिए ।
विराटले ४७ बलमा ९२ रनको पारी खेलेका हुन । यो जितसँगै १२ खेलमा ५ खेल जितेको बेङ्गलोर अङ्क तालिकाको सातौं स्थानमा उक्लिएको छ ।
२४२ रनको जितको लक्ष्य पाएको पञ्जाव १८१ रनमै समेटिएको थियो । पञ्जावले १७ ओभरमा आफ्ना सवै विकेट गुमाएको थियो ।
यो हारसँगै पञ्जाव जारी आईपीएलको प्लेअफको दौडवाट वाहिरिने दोश्रो टोली बनेको छ ।