भारतीय राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले गरे सन्यासको घोषणा

भारतका स्टार फुटबलर तथा राष्ट्रिय फुटबल टीमका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । सुनिलले कुवेतविरुद्ध हुने विश्वकप छनौट चरणको खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् । भारत र कुवेतबीच ६ जुनमा विश्वकप छनौट चरणको खेल हुँदैछ । सुनिलले बिहीबार सन्यासको घोषणा गरेका हुन ।

३९ वर्षिय सुनिलले २००५ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका थिए । उनले गत मार्चमा भारतको तर्फवाट गुवाहटीमा अफगानिस्तानविरुद्ध १५० औं अन्तर्राष्ट्रिय खेल खेलेका थिए । सुनिल अफगानिस्तान विरुद्धको खेलका एक गोल पनि गरेका थिए । उक्त खेलमा भारतल १–२को अन्तरले पराजित भएको थियो ।

शोशल मिडियामा एक विडियो म्यासेज मार्फत सुनिलले सन्यासको घोषणा गरेका हुन् । सुनिलले आफ्नो २० वर्षको अन्तर्राष्ट्रिय करियरमा भारतलाई महत्वपूर्ण खेलमा जित दिलाउनुको साथै भारतीय फुटबलको स्तरलाई उकास्न विशेष भूमिका निभाएका थिए । आफ्नो २० वर्षिय अन्तर्राष्टिय फुटबल करियर सुनिलले १५० खेलमा भारतको लागि ९४ गोल गरेका छन् ।

९ मिनेट ५१ सेकेन्डको भिडियोमा सुनिल निकै भावुक देखिएका छन् । सन्यासको घोषणा गर्ने क्रममा उनले डेब्यू खेलको स्मरण गर्दै आफ्नो प्रशिक्षक सुखी सरको स्मरण गरेका थिए । सुखी सर सुनिलको पहिलो राष्टिय टोलीका प्रशिक्षक हुन् । साथै उनले राष्ट्रिय टोलीको पहिलो पटक जर्सी लगाउँदा नौंलो महसुस भएको र उक्त क्षण कहिल्यै विर्सन नसक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :