दिलिप स्मृति तेक्वान्दो डोजाङलाई म्याट

काठमाडौं । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले काठमाडौंको दिलिप स्मृति तेक्वान्दो डोजाङलाई शनिबार म्याट प्रदान गरेको छ ।

परिषद्का सदस्य हिक्मत थपलियाले डोजाङका अध्यक्ष एवं प्रमुख प्रशिक्षक राजेन्द्र खत्रीलाई त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलुकद परिषद्को हातामा आयोजित एक कार्यक्रमबीच म्याट हस्तान्तरण गरे । १ सय थान म्याट हस्तान्तरण गरिएको अध्यक्ष खत्रीले जनाएका छन् ।

गत वर्ष दिलिप स्मृति तेक्वान्दो डोजाङले विभिन्न २२ घरेलु प्रतियोगितामा सहभागिता जनाएकोमा १८ मा टिम च्याम्पियन बनेको थियो । त्यसमा खत्री ३ पटक खत्री उत्कृष्ट प्रशिक्षक बनेका थिए । डोजाङमा हाल १ सय ३५ खेलाडीले नियमित प्रशिक्षण गरिहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :