बागमती प्रदेश आमन्त्रण तेक्वान्दो सुरु

काठमाडौं । एसकेबीसी तेक्वान्दो डोजाङको आयोजनामा प्रथम बागमती प्रदेश आमन्त्रण तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि टोखा नगरपालिकास्थित श्री समाजको भवनमा सुरु भएको छ ।

पहिलो दिन महिला २० केजीमुनि बालाजुकी दिलाशा लामा, २२ केजीमुनि लैनचौरकी आलिया खातुन, २४ केजीमुनि लैनचौरकी आकांक्षा पाण्डे, २६ केजीमुनि एन्जल्स हार्टकी शिबी तामाङ, २८ केजीमुनि दि नेक्स्ट लेभलकी प्रतिभा खड्का र ३० केजीमुनि लैनचौरकी रितिका शाहीले स्वर्ण जिते ।

विभिन्न उमेरसमूहको एकल पुम्सेमा मनमैजुकी सकुरा गुरुङ, बालाजुका आशिष बुढाथोकी, थलीका गिरिस श्रेष्ठ र मनमैजुकी स्मारिका तामाङले पहिलो स्थान हात पारे ।

पुरुषको २० केजीमुनि लैनचौरका रवि थिङ, २३ केजीमुनि स्वस्तिकका सुमन तामाङ, २६ केजीमुनि ढल्कोका सुजित आले मगर र २९ केजीमुनि लैनचौरका एकेन्द्र खड्का पहिलो भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :