मेन्टल ट्रेनिङको आवश्यकता किन?

रमेश खनाल (खेलकुद मनोविज्ञ)

‘जसले पनि दिमागले नै खेल्छन, । त्यसमा अनौंठो कुरा के छ? हामीलाई यो पनि थाहा छ कि दिमाग स्वस्थ्य हुनुपर्छ । अस्वस्थ्य दिमागले राम्रोसँग खेल खेलिदैन।’

उनीहरुको कुरा सुनिसकेपछि मैले भने खेलाडीहरुले मेन्टल ट्रेनिङ गर्नुपर्छ । मेन्टल ट्रेनिङ सम्बन्धि वृहत जानकारी हुनुपर्छ । मेन्टल ट्रेनिङले खेलको कुनै एक एक्सनलाई दिमागमा रिहर्सल गर्दै त्यस एक्सनलाई पर्फेक्ट अथवा अटोमेटिक बनाउने कार्यमा परिक्षण गर्दछ ।

खासगरि खेलाडीहरुले खेल खेल्दा गर्ने प्राविधिक त्रुटीलाई ठिकसँग गर्न मेन्टल ट्रेनिङको आवश्यक हुन्छ । त्यसैगरि खेलको कुनै कठिन एक्सनलाई अटोमेटिक अर्थात् निपूर्ण बनाउन मेन्टल रिहर्सल आवश्यक हुन्छ ।

तिमीहरु प्राय सोध्ने गर्दछौ ‘गुरु मेरो प्रगति नै भएन, कहाँ गल्ती भएको छ? पत्ता लगाउन सक्दिन।’ तिमीहरुले आफ्नो गल्ती देख्दैनौं, तिमीहरुको गल्ती गुरुहरुले देख्छन् । यदि गुरुहरु सिरियर भएनन भने कोहि पनि गल्ती देख्दैनन् । गुरुले तिम्रा त्यहि गल्ती सच्याउन थरिथरिका मेन्टल ट्रनिङ्ग गराउँदछन् । जसलाई तिमीहरुले राम्रोसँग प्रशिक्षण गर्नु पर्छ ।

‘मेन्टल ट्रनिङ्ग आवश्यक छ भन्ने थाहा पायौ, अनि यसबाट के के फाइदा हुन्छ गुरु?’ एउटा खेल सम्बन्धि प्राविधिक गल्ती सच्याउन सकिन्छ भन्न कुरा थाहा पायौ । यस प्रशिक्षणबाट खेल नतिजा सुधार गर्न सकिन्छ । एकाग्रता, अभिप्रेरणा, प्रत्यक्षीकरण क्षमता, परफेक्सन आदि मनोवैज्ञानिक गुणहरुको विकास गरेर राम्रो नतिजा ल्याउन सकिन्छ ।

तर मेन्टल ट्रेनिङबाट प्रभाव पार्ने कुराहरु माथि विशेष ध्यान दिनु पर्छ । उदाहरणका लागि खेलाडीको स्वास्थ्य ठिक हुनुपर्छ । शान्त वाताबरण हुनुपर्छ । मेन्टल रिहर्सल गर्ने विषय स्पष्ट ज्ञात हुनु पर्छ । छेउछाउको वातावरण निकै शान्त हुनुपर्छ । मेन्टल ट्रनिङ्गका लागि आवश्यक पर्ने सामग्री हुनुपर्छ । एक निश्चित समय सिमाभित्र मेन्टल ट्रेनिङ गर्नु पर्छ ।

मेन्टल ट्रेनिङबाट पेनाल्टी सुट ठिक गर्न सकिन्छ । पौडीका एक्सनहरु सुधार्न सकिन्छ । भलिबलका स्न्याचहरु ठिक गर्न सकिन्छ । क्रिकेटको बलिङ र ब्याटिङमा ब्यापक सुधार गर्न सकिन्छ । यसैगरि जिम्न्यास्टिक, मार्शल आर्टसका गलत एक्सनहरु सुधार गर्न सकिन्छ ।

मेन्टल ट्रेनिङलाई सघाउने अन्य ट्रेनिङहरु गर्नु पर्छ । उल्टो सुल्टो १ देखि ३०० पटक आँखा बन्द गरेर गन्ति गर्ने, क्याण्डल कन्सनट्रेशन चेस खेल्ने, दिमाग प्रयोग गर्ने र अन्य खेलहरु खेल्नुपर्छ । वास्तवमा यस मेन्टल ट्रेनिङको एक निश्चित प्रशिक्षण कार्यक्रम बनाएर अगाडि बढेमा फाइदै फाइदा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :