काठमाडौं । बागमती प्रदेशले ५६ औं राष्ट्रिय कराते प्रतियोगिताको उपाधि जितेको छ । १५ स्वर्ण, ८ रजत र १० कांस्य जित्दै बागमती समग्रमा टिम च्याम्पियन बन्यो ।
नेपाल कराते महासंघको आयोजनामा सातदोबाटोस्थित कराते हलमा भएको प्रतियोगितामा १५ स्वर्ण, २ रजत र ३ कांस्यसाथ नेपाल प्रहरी दोश्रो भयो । तेश्रो स्थानको कोशी प्रदेशले ११ स्वर्ण हात पार्यो।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, आयोजक महासंघका अध्यक्ष युवराज लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
तीनदिने प्रतियोगितामा सातै प्रदेश, प्रहरी, नेपाल आर्मी, एपीएफ र विभागीय टोलीमा आबद्ध खेलाडी बाहेकको राष्ट्रिय टिमका करिब ५ सय खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।