रानीवन र गोलबजार ‘सी’ डिभिजन लिगबाट रेलिगेशनमा

काठमाडौं । रानीवन स्पोर्ट्स क्लब र गोलबजार स्पोर्ट्स क्लब २०२४ सिजनको शहीद स्मारक ‘सी’ डिभिजन लिगबाट रेलिगेशनमा परेका छन् ।

एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा स्वयम्भू क्लबले समाज कल्याण खेलकुद केन्द्रलाई ४-२ गोल अन्तरले पराजित गरेसँगै रानीवन र गोलबजार यो सिजनको ‘सी’ डिभिजन लिगबाट रेलिगेशमा गरेका हुन् ।

जारी सिजनमा एक खेल खेल्न बाँकी रहँदै यी दुई टोली रेलिगेशनमा पर्ने निश्चित भएको हो । समान १२ खेलमा रानीवन ८ र गोलबजार ७ अंकसहित क्रमश: १३ र १४ औं स्थानमा छन् ।

शुक्रबारको खेलमा स्वयम्भूलाई जित दिलाउन प्रकाश पुनले २ तथा सुमन डंगोल र आशिष स्याङताङले समान १-१ गोल गरे । समाज कल्याणका लागि निरज परियारले एक गोल गर्दा एक आत्मधाती उपहार पाएको हो ।

जितसँगै १२ खेलमा १३ अंक जोडेको स्वयम्भू १२ औं स्थानमा छ । यता पराजित समाज कल्याण समान खेलमा १६ अंकसहित छैठौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :