काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिप २०२४ को ‘बी’ मा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) शनिबार सार्वजनिक गरेको तालिका अनुसार नेपाल समूह ‘बी’ मा परेको हो।
समूह ‘बी’ मा नेपालसँगै श्रीलंका, माल्दिभ्स र भुटान रहेका छन् । यस्तै समूह ‘ए’ मा भारत, साविक विजेता बंगलोदश र पाकिस्तान छन् ।
यो संस्करणको साफ च्याम्पियनसिप आगामी अक्टोबर १७ देखि ३० अर्थात् असोज १ देखि १४ गतेसम्म काठमाडौंको दशरथ रङ्गशालामा आयोजना हुने तय भइसकेको छ ।
प्रतियोगिताको गत संस्करण पनि सन् २०२२ को ६ देखि १९ सेप्टेम्बरसम्म नेपालमै आयोजना भएको थियो । घरेलु मैदानमा भएको गत संस्करणको फाइनलमा नेपाल बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको थियो ।