क्यानका अध्यक्ष चन्दले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ: नेकोस

काठमाण्डौं । नेपाल खेलकुद महासंघ (नेकोस)ले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेको छ ।

महासंघले आज आइतवार पत्रकार सम्मेलनको आयोजना गर्दै क्यानका अध्यक्षले अन्तर्राष्ट्रियस्तरमा मुलुकको शिर निहुराउने कार्य गरेकाले राजीनामाको माग गरेको हो ।

महासंघले चन्दले राजीनामा नदिए अविलम्ब नेपाल फर्काएर कारवाहि अगाडि बढाउन नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेपं) मार्फत माग समेत गरेको छ ।

साथै वर्तमान अवस्थामा क्यान सन २०१४ को जस्तै अवस्थामा पुगेको ठम्याउँदै उच्चस्तरीय छानविन समिति गठन गर्न र दोषी माथि कारवाहिको लागि समेत माग गरेको छ ।

क्यानका पदाधिकारीहरुको गैरकानुनी हरकतका कारण क्यान पुनः प्रतिबन्धको संघारमा पुगेको आरोप लगाउँदै महासंघले टी २० विश्वकप क्रिकेट दौरान क्यानका पदाधिकारीहरुले गरेको गैरकानुनी कार्यको पर्दाफास गरेको छ ।

१० बुदामा पर्दाफास गरेको महासंघले जवसम्म आफुले उठाएका विषयहरुको सत्य तथ्य सार्वजनिक हुदैन, तवसम्म निरन्तररुपमा आवाज उठाउने र क्रमबद्ध रुपमा आन्दोलन गर्ने वताएको छ ।

प्रेस विज्ञप्ति:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :