हजारौं दर्शकको माझमा भारतीय स्टार फुटबलर सुनिल क्षेत्रीको बिदाई

भारतीय स्टार फुटबल खेलाडी सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट बिदाई भएको छ । सुनिलले कुवेतबिरुद्ध फिफा विश्वकप क्वालिफायर म्याच खेलेपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए।

फिफा विश्वकप क्वालिफायर म्याच अन्तर्गत हिजो आइतवार राती भारतको कुवेतबिच भिडन्त भएको थियो ।

उक्त खेल बराबरीमा टुङ्गिसँगै सुनिलको फुटबल मैदानमै सम्मानका साथ विदाई गरिएको हो । बिदाई क्रममा निकै भावुक देखिएका सुनिलले उपस्थिति दर्शकहरुलाई हात जोडेर नमस्कार गर्दै विदा मागेका थिए ।

सुनिललाई विदाई दिनका लागि साल्ट लेक स्टेडियममा ६८ हजार दर्शकहरुको उपस्थिति रहेको थियो। जस्मा बुवा खड्ग क्षेत्री र आमा शुशिला क्षेत्री लगायत पत्नी सोनम भट्टाचार्यको समेत उपस्थिति रहेको थियो ।

३९ वर्षिय सुनिल भारतीय राष्ट्रिय फुटबल टोलीबाट १९ वर्ष खेल्दै ठूलो उपलब्धि हासिल गर्न सफल भएका छन् । सुनिलले राष्ट्रिय टोलीबाट ९४ गोल गर्दै कीर्तिमान समेत बनाएका छन्। उनी अन्तर्राष्ट्रिय फुटबलमा राष्ट्रिय टोलीवाट सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा चौथो नम्वरमा रहेका छन्।

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रियस्तरमा १२८ गोल गर्दै पहिलो नम्बरमा रहेका छन्। त्यस्तै दोश्रो स्थानमा इरानका अली देय १०८ गोल र अर्जेन्टिनाका लियोनेल मेसी १०६ गोल साथ तेस्रो स्थानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :