विश्वकपमा आज दक्षिण अफ्रिका र बंगलादेश भिड्दै

आईसीसी पुरुष टी २० विश्वकप अन्तर्गत आज दक्षिण अफ्रिका र बंगलादेश बिच भिडन्त हुदैछ । नसाउ काउन्ट्री इन्टरनेशनल क्रिकेट स्टेडियममा आयोजना हुने दुवै टोलीको खेल नेपाली समय अनुसार राती ८ः१५ देखि शुरु हुनेछ ।

टी २० विश्वकपमा अहिलेसम्म दक्षिण अफ्रिका र बंगलादेशको ५ पटक भिडन्त भएको छ । जसमा दक्षिण अफ्रिकाले ४ पटक जित हासिल गरेको छ भने एउटा खेल बराबरीमा टुङ्गिएको छ । बंगलादेशले अहिलेसम्म दक्षिण अफ्रिकालाई पराजित गर्न सकेको छैन ।

नसाउ काउन्ट्री इन्टरनेशनल क्रिकेट स्टेडियमको पीच निकै स्लो भएकोले यहाँ ब्याटिङ्ग गर्न निकै चुनौंतिपूर्ण बन्दै आएको छ । त्यसैले यो पीचको बारेमा क्रिकेटका धुरन्धरहरुले आफुले यस्तो पीच कहिल्यै नदेखे र नखेलेको बताउँदै आएका छन ।

त्यसैले यो पीचमा टस निकै महत्वपूर्ण मानिएको छ । जुन टोलीले टस जित्छ त्यसले पहिले फिल्डिङ रोज्दै आएका छन । हिजो भारत र पाकिस्तानबिच खेलमा पनि पाकिस्तानले टस जितेर पहिले फिल्डिङ रोजेको थियो ।
जारी विश्वकपमा दक्षिण अफ्रिकाले दुई र बंगलादेशले एक खेलमा जित हासिल गरेका छन । जसमा दक्षिण अफ्रिकाले श्रीलंका र नेदरल्याण्डलाई पराजित गरेको छ भने बंगलादेशले श्रीलंकालाई पराजित गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :